Loading... आजः २०८२ पुष ५, शनिबार

दैलेखकाे नारायण नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार विजयी

दैलेख – नारायण नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयी भएको छ ।

प्रमुख पदका उम्मेदवार लोमन शर्मा ५,४३६ मत ल्याई विजयी भएका छन ।

शर्माले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरेका हुन् ।

पराजित निर्मलाकुमारी खड्का थापाले ५,३५७ मत ल्याएकी छन् ।

उपमेयर पदका उम्मेदवार तप्ता कुमारी खड्काले ५,६७३ मत ल्याएर निर्वाचित भएकि छन उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी )पार्टि तर्फकी उम्मेदवार सावित्री मल्ल लाई १८३५ मतान्तरले पराजित गरेकि छन । पराजित मल्ल नारायण नगरपालिका दैलेखकि निवर्तमान उप प्रमुख समेत हुन मल्लले कुल ३,८३८  मत प्राप्त गरेकि छन ।