दुल्लु नगरपालिका मेयरमा नेपाली कांग्रेसका भरत रिजाल विजयी

दैलेख- दैलेखको दुल्लु नगरपालिका मेयरमा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका भरत रिजाल १३१ मतान्तरले विजयी भएका हुन्।
उनले ७७२३ ल्याएका छन् भने प्रतिद्वन्द्वी एमालेका रुद्र शाहीले ७५९२ मत ल्याएका छन्। यस्तै उपप्रमुखमा एमालेकी बिन कार्की विजयी भएकी छन्।
उनले ७१२४ मत ल्याएकी छन् भने माओवादीका प्रमोद खड्काले ७०८७ ल्याएका छन्। उनी ३७ मतान्तरले विजयी भएकी हुन्। विजय वडा सदस्यहरु क्रमश एक देखि तेह्र सम्म तर्क बहादुर खड्का ,फारामसिंह थापा,कुल बहादुर कार्की,भरम भण्डारी ,पूर्ण प्रसाद उपाध्याय ,हस्त खड्का ,कविराज रावत,सुशील भण्डारी, तिलक प्रसाद उपाध्याय ,रामचन्द्र रिजाल , सुरेन्द्र भण्डारी, लिलाराम लम्साल, वृष बहादुर शाही निर्वाचित भएका छन ।







परिवर्तन संवाददाता
४ जेष्ठ २०७९, बुधबार ०८:४२