Loading... आजः २०८२ पुष ६, आईतवार

नौमुले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुवेदि द्धारा तलबभत्ता नलिने घोषणा

गरिब ,पिछडिएका र द्वन्दपीडित विद्यार्थीहरु लाई सहयोग गर्ने प्रतिबद्धता

दैलेख- नौमुले गाउँपालिकाका  नवनिर्वाचित अध्यक्ष छविराम  सुवेदी ले आफुले सेवासुविधा बापत प्राप्त गर्ने तलबभत्ता कुनै नलिने घोषणा गरेका छन ।

नेकपा ( माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजवादी) को सयुक्त वाम गठबन्धन बाट नेकपा ( माओवादी केन्द्र ) का प्रदेश कमिटी सदस्य तथा बुद्धिजीवी सगंठन का कर्णाली प्रदेश संयोजक ,अधिवक्ता सुवेदी ले शुक्रबार   सपथ ग्रहण गरेपछि पदभार समालेका हुन ।

दैलेखी कम्युनिष्ट राजनीतिमा आफ्नो छुट्टै छवि बनाउन सफल भएका बौद्धिक नेता सुवेदी ले ६५६ मतान्तरले नेपाली कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार भदे बुढा मगर लाई पराजित गर्दै अध्यक्ष मा निर्वाचित भएका हुन।

अध्यक्ष सुवेदीले आफुले प्राप्त गर्ने तलबभत्ता बाट कोष स्थापना गरि गरिब ,पिछडिएका र द्वन्दपीडित विद्यार्थीहरु लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।