मोडल एजेन्सी सञ्चालकबाट ‘बलात्कृत’ भएको आरोप लगाउने युवती बस्ने घरमा प्रहरी
सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेर मोडल एजेन्सी सञ्चालकबाट आफू ‘बलात्कृत’ भएको आरोप लगाउने पिडित युवती बस्ने घरमा प्रहरी पुगेको छ । काठमाडौंको पेप्सिकोला स्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् ।
टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छिन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भाग–१ देखी भाग–२० सम्मको भिडियोमार्फत् उनले आफूमाथि हिंसा भएको भन्दै कारवाहीको माग गरेकी छिन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न तीब्र दबाब दिएका छन् । सञ्जाल प्रयोगकर्ताको दबाब पछि पीडितको सम्पर्कमा पुगेको प्रहरीले घटनाको जानकारी लिएर उनलाई ‘काउन्सिलिङ’ गरेको छ ।
परिवर्तन संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १७:२५