नगर प्रमुख रिजाल द्धारा दुल्लुमा ड्राइभिंग तालिम उद्धघाटन ४ जनाको दरले १३ वटै वडाबाट ५० जना सहभागि

दैलेख- दुल्लु नगरपालिका नगर प्रमुख भरत प्रसाद रिजालले एक कार्यक्रमका विच ड्राइभिंग तालिमको उद्धघाटन गरेका छन।
स्थानिय तहको निर्वाचन २०७९ पश्चात नगरपालिकामा नयाँ निर्वाचित जनप्रतिनिधिहरुको आगमन सँगै जनचाहना अनुरुप आर्थिक वर्ष ७८/७९ मा तय गरिएका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने क्रममा दुल्लु नगरपालिकाले ड्राइभिंग तालिम सञ्चालन गर्न लागेको हो ।
दुल्लु नगरपालिकाका १३ वटै वडाबाट ४ जनाको दरले छनौट गरिएको उक्त तालिममा हाल ५० जना युवाहरु सहभागि भएका छन ।
तालिम एकमहिना सम्म सञ्चालन हुनेछ ।







परिवर्तन संवाददाता
१० जेष्ठ २०७९, मंगलवार २०:०५