कर्णाली प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो तीन बजे बस्ने

सुर्खेत – कर्णाली प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो तीन बजे बस्ने गरी आज सकिएको छ ।
आज मंगलबार कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको पहिलो बैठक बसेको हो ।
बैठकमा बोल्दै दलका नेताहरुले चालू आर्थिक वर्षका लागि ल्याउने बजेट विगतमा भएको कमी कमजोरीलाई सुधार गरेर ल्याउनु सुझाव दिएका छन् ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर यस पटकको नीति तथा कार्यक्र र बजेट सुधार गरेर ल्याउन आग्रह गरे ।
नेता कँडेलले कर्णाली प्रदेश सरकारले ल्याउने बजेट विकास गर्न नभई खाने मानसिकताबाट बजेट ल्याउने प्रचलन रहेको टिप्पणी गर्दै यसपटक विगतका ती श्रृङ्खलाबाट पछि हटेर बजेट ल्याउँदा नै कर्णालीको हित हुने उल्लेख गरे ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक कृष्णा शाह ९आचार्य०ले संघीयताको पहिलो पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट ल्याउन आवश्यक रहेको बताईन् ।
यस्तै, नेपाली कांगे्रसका नेता दिनबन्धु श्रेष्ठले सत्तापक्ष–प्रतिपक्षबीच छलफल र सहकार्य गर्न कांग्रेस सधैं तयार रहेको बताए । श्रेष्ठले विगतका बजेट कार्यान्वयनमा देखिएका समस्यालाई केलाएर साथै प्रतिपक्षीलाई विश्वासमा लिएर नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशीला शाहीले कर्णाली प्रदेशमा दिनप्रतिदिन मौलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकारले तत्काल एक्सन लिनु पर्ने बताईन् ।







परिवर्तन संवाददाता
१० जेष्ठ २०७९, मंगलवार २०:१४