Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

लौहपुरुष सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

 

काठमाडौँ-  प्रजातन्त्र स्थापनाका लागि जीवन समर्पण गर्नुभएका लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्ती बिहीबार मनाइँदै छ । वि।सं। १९७२ कात्तिक २४ गते काठमाडौँको यट्खाटोलमा जन्मीएका सिंह २००७ सालमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थियो भने २०१७ सालपछिको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पनि उहाँको उत्तिकै सशक्त नेतृत्व रहेको थियो ।

राणा शासनविरुद्धमा लाग्दा जेल परेका सिंह त्यहाँको पर्खाल नाघेर भागेपछि भारतमा पुगेर बाँचेका थिए । २०१७ सालपछि पञ्चायती व्यवस्थाका विरुद्धमा लागेबापत भने महामानव बीपी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराईसँगै लामो समयसम्म जेलजीवन व्यतित गर्नु परेको थियो ।

सिंहले २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको आन्दोलमा त सर्वोच्च कमान्डरका रूपमा नेतृत्व गरेका थिय ।

एकतन्त्रीय जहाँनिया राणा शासन वा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्दालड्दै जीवनका महìवपूर्ण समय देश र जनताका लागि समर्पण गरेका सिंहले जीवनका उत्तराद्र्धमा प्रधानमन्त्री बन्ने अवसर पाउँदा पनि त्यो अस्वीकार गरेका थिय ।

उहाँको चाहना राजाले बनाइदिएको प्रधानमन्त्री बन्नुभन्दा जनताबाट चुनिएर प्रधानमन्त्री बन्नुपर्छ भन्नेमा रहेको थियो । त्यसबाट पनि उहाँ निस्वार्थ रूपमा देश र जनताका लागि निरन्तर लडिरहने नेताका रूपमा परिचय बन्न पुग्यो ।

उनको जन्मजयन्तीका अवसर पारेर उनकि सुपुत्रीद्वारा लेखिएको पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठानले जनाएको छ । गोरखा पत्र