Loading... आजः २०८१ बैशाख १०, सोमबार

आफ्नै भवन नहु्दा भाडाकै भवनबाट सेवा प्रवाह

जाजरकोट – जिल्लाका दुई पालिकासँग आफ्नै भवन नहु्दा भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन्।

जिल्लाको जुनीचाँदे र छेडागाड नगरपालिकाको प्रशासनिक भवन नहुँदा भाडाका भवनबाट सेवा प्रवाह भैरहेको छ ।

सातवटा पालिका रहेको जाजरकोटमा भेरी, नलगाड नगरपालिका, बारेकोट, कुशे, शिवालय गाउँपालिकाले प्रशासनिक केन्द्र तोकिएको स्थानमा भवन निर्माण गरी सेवा विस्तार गरिसकेका छन् भने छेडागाड र जुनीचाँदेले आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा दिएका छन्।

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको करिब आठ महिना बितिसक्दा प्रशासनिक केन्द्र र प्रशासनिक भवन निर्माण कार्य सुरु हुन सकेको छैन।

पहिलो स्थानीय तहका जनप्रतिनिधिले प्रशासनिक केन्द्रको टुङ्गो नलगाउँदा लामो समयसम्म भाडाकै भवनबाट सेवा प्रवाह गर्न बाध्य भएको ती गाउँपालिकाले जनाएका छन्।

गोरखापत्र अनलाईन बाट