Loading... आजः २०८२ पुष १२, शनिबार

जाजरकोटबाट शक्ति बस्नेतसहित ६ जना उम्मेदवार सिफारिस

सुर्खेत – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

जसमा प्रत्यक्षतर्फ शक्ति बस्नेतसहित ६ जनाको नाम सिफारिस गरिएको छ ।रामदीप आचार्य, गणेश प्रसाद सिंह, कृष्ण बहादुर बुढा, पार्वती थापा र महेश अधिकारीको नाम प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको छ ।

पूर्व गृहमन्त्री भइसकेका बस्नेत एकल सिफारिस हुने आकलन गरिएको थियो । तर, लगातार सांसद जित्दै आएका बस्नेतसँगै यो पटक अन्य नेताहरूले समेत उम्मेदवार बन्ने चाहना देखाएका छन् ।

प्रतिनिधि सभा समानुपातिकतर्फ गगन बहादुर खड्का ९खसआर्य०, ढकवीर राना ९आदिवासी जनजाती०, पार्वती विक (दलित महिला), धर्मशिला बस्नेत (खसआर्य महिला), शिव प्रसाद शर्मा ९पिछडिएको क्षेत्र०को नाम सिफारिस गरिएको साविक माओवादी केन्द्र जाजरकोटका इन्चार्ज गणेश प्रसाद सिंहले बताए ।रातोपाटी बाट