राष्ट्रियसभा निर्वाचनः कर्णालीबाट चार उम्मेदवार मैदानमा

कृष्ण शर्मा
सुर्खेत -आगामि माघ ११ गत्ते हुने राष्ट्रिय शभा निर्वाचनका लागी प्रमुख दलहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णाली प्रदेशबाट रिक्त हुने दुई राष्ट्रियसभा सदस्य पदका लागि बुधबार प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। सुर्खेतस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेस–एमाले गठबन्धन तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।
कांग्रेस–एमाले गठबन्धनको तर्फबाट ‘अन्य’ क्लस्टरमा नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन्। शाही २०७९ सालको प्रदेशसभा निर्वाचनमा जुम्लाबाट प्रत्यक्षतर्फ पराजित भएका थिए। सोही गठबन्धनबाट ‘महिला’ क्लस्टरमा नेकपा एमालेकी मिनासिंह रखालले मनोनयन दर्ता गराएकी छिन्।
यता, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ‘अन्य’ क्लस्टरमा रुकुम पश्चिमका बुद्धिप्रसाद शर्माले उम्मेदवारी दिएका छन्। उनी माओवादी केन्द्रका नेता हुन्। ‘महिला’ क्लस्टरमा डोल्पाकी अन्जु महतरा ९शाही० ले उम्मेदवारी दर्ता गराएकी छन्, जो नेकपा एकीकृत समाजवादीकी उम्मेदवार हुन्।
दुई पदका लागि हुन लागेको यस निर्वाचनमा दुवै गठबन्धनले जितको दाबी गरेका छन्। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने यस निर्वाचनले कर्णाली प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।









परिवर्तन संवाददाता
२३ पुष २०८२, बुधबार १६:१७