Loading... आजः २०८२ पुष ४, शुक्रबार

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी, उरुग्वे १–० ले पराजित

काठमाण्डाै – कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । बिहान भएको खेलमा अर्जेन्टिनाले अर्को उपाधि दाबेदार उरुग्वेलाई १–० गाेलले पराजित गरेको हो । अर्जेन्टिनाका गुइडो रोड्रिग्वेजले खेलको १३ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट चार अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान चार अङ्क भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा अङ्कविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौं स्थानमा रहेका छन् । यसअघि  बिहान नै  भएको अर्को खेलमा चिलीले बोलिभियालाई १–० गाेलले पराजित गरेको थियो ।