Loading... आजः २०८१ बैशाख ९, आईतवार

बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ प्रहरीको मृत्यु

 

काठमाडौं :  पश्चिमी अफ्रिकी देश बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ।  हतियारधारी समूहले चौकीमा आक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अल जजिराले जनाएको छ।

राहत वितरणका क्रममा विद्रोहीको आक्रमणमा सो घटना भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।  आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको छ।

सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकुहरुको सामना गरिरहेको छ। सो आक्रमणमा हालसम्म एक हजार चार सय भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।

विद्रोहीको लगातारको आक्रमणका कारण कयौ सर्वसाधारण विस्थापित भएका छन्।  हिंसात्मक आक्रमणका कारण विस्थापित हुनेमध्ये करिब ८४ प्रतिशत महिला तथा बालबालिका रहेको बताइएको छ।