Loading... आजः २०८१ बैशाख ४, मंगलवार

शव जलाउने एक्कासि बाढी शव नै बग्यो

कैलालीमा शव जलाउने क्रममा एक्कासि बाढी आएपछि शव नै बगाएको छ।

जिल्लाको गोदावरी नगरपालिकामा रहेको आर्यघाटमा जलाउँदै गरेको शव बाढीले बगाएको हो । गोदावरी नगरपालिका बास्कोटाकी ८५ वर्षीया नन्दादेवी भण्डारीको निधनपछि शव जलाउन गोदावरी आर्यघाटमा लगिएको थियो। तर उनको शव जलाउँदा जलाउँदै नदीमा एक्कासि बाढी आएको थियो ।

सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेको छ।