सर्वोच्च अदालतका तीन कर्मचारीमा कोरोना संक्रमण
काठमाडौँ : सर्वोच्च अदालतका अर्का एक कर्मचारीमा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १ सय ८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।
सर्वोच्च अदालतमा यसअघि १ सय ८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो । यससँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
कोभिड–१९ को महामारीका बेला तीनजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि न्यायलयमा काम गर्ने कर्मचारमिा त्रास बढेको छ । त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ ।
परिवर्तन संवाददाता
१ भाद्र २०७७, सोमबार २३:००