स्वर्गिय नेता थापाको नाममा अक्षय कोष स्थापना

कृष्ण शर्मा । दैलेख: नेपाली कांग्रेस दैलेख का पुर्व र्पार्टी सभापति एवम समाजसेवी स्वर्गिय जगतजङ्ग थापाको नाममा अक्षय कोष स्थापना गरिएको छ ।
उनका भाइृ धर्मजङ्ग थाया र छोरीको सहयोगमा त्रिभुवन माध्यमिक विद्यालयमा ३ लाखको अक्षय कोष स्थापना गरिएको छ । थापा वि.स.२०२५ साल देखि वि.स.२०३३ साल सम्म त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेखमा शिक्षण गरेका थिए ।
अक्षयकोष बापतको रकमको चेक स्वर्गीय जगतजङ्ग थापाका भाई धर्मजङ्ग थापाले शनिबार एक कार्यक्रम बिच विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीलाई हस्तान्तरण गरेका छन् ।
अक्षय कोषबाट हुन आउने व्याजले शिक्षा क्षेत्रमा लगानी गरी गरीबीको रेखामुनी रहेका परिवारका बालबालिकालाई शिक्षा सहयोग हुने भाई धर्मजङ्ग थायाले बताए।
स्वर्णिय जगतजङ्ग थापाको नामबाट स्थापना गरेको अक्षय कोषले गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले बताए ।







परिवर्तन संवाददाता
२ श्रावण २०७८, शनिबार १७:५८