नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
दिउँसो २ बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र चुनावको निर्देशिका प्रस्तुत गरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनशनमा रहेकाले बैठक बूढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेण्डा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ ।
कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा पार्टीकोबनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशन भए पनि तोकिएकै मितिमा गर्न माग गरेको छ भने सभापति शेरबहादुर देउवा महाधिवेशन सार्ने तयारीमा छन ।
कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाण्डौमा भएको थियो ।







परिवर्तन संवाददाता
२८ श्रावण २०७८, बिहीबार १४:२३