Loading... आजः २०८३ बैशाख ५, शनिबार

दैलेखको पाल्तडामा ट्रकको ठक्करबाट बालकको मृत्यू

दैलेखको पाल्तडा ट्रकको ठक्करबाट बालकको मृत्यू

 

सुर्खेत–कर्णाली राजमार्गमा गुडिरहेको मिनीट्रकको ठक्करबाट दैलेखको पाल्तडा बाटो काट्न लागेको पैदल यात्री बालकको मृत्यु भएकोछ ।

सुर्खेतदेखि अछामका लागि जाँदै गरेको भे १ ख ३४३८ नम्वरको मिनीट्रकले पैदल हिंडिरहेका आठबीस नगरपालिका–२ सिगौडीका ८ वर्षीय बालक योगेन्द्र खनालको घटनास्थलमै ज्यान गएको दैलेख प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार आठबीस नगरपालिका–२ सिगौडी घर भएका गाडी चालक २६ वर्षीय साजन शाही र मिनीट्रक समेत नियन्त्रण लिई घटनाको अनुसन्धान सुरु गरिएको छ ।