Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

माधव र महन्थले आजै नयाँ पार्टीको प्रमाणपत्र पाउने सम्भावना कम

 

काठमाडौं : निर्वाचन आयोगमा दर्ता भएका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आजै पार्टीको दर्ताको प्रमाणपत्र पाउने सम्भावना कम देखिएको छ।

सनाखत सकिएपछि आयोगले प्रतिवेदन तयार पार्ने काम भइरहेकाले आजै प्रमाणपत्र दिन सक्ने या नसक्ने भन्ने कुनै निर्णय नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

उनले भने, ‘कुनै निर्णय भइसकेको छैन। आजै प्रमाणपत्र दिने भन्ने निश्चित भइसकेको छैन। काम भइरहेको छ। काम सकियो र अन्य केही कारणले रोकिएन भने आजै हुनसक्छ।’

कार्यालय समय सकिए पनि सनाखतपछि आयोगका कर्मचारी प्रतिवेदन तयार काममा लागिरहेको उनले बताए।