Loading... आजः २०८१ बैशाख १३, बिहीबार

डुङ्गेश्वर गाउँपालिकामा एक महिने ड्राइभिङ तालिम सुरु

युवालाई स्वरोजगार बनाउने लक्ष्य

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा एक महिने ड्राइभिङ तालिम सुरु भएको छ ।

युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा एक महिने ड्राइभिङ तालिम सुरु भएको छ ।
उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा सुरु भएको तालिमको बिहीवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कोरोना भाइरस ९कोभिड–१९० विशेष कार्यक्रम अन्तरगर्त एक महिने ड्राइभिङ सिप विकास तालिम सञ्चालन गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना तथा डुङ्गेश्वर गाउँपालिका–२ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
तालिममा डुङ्गेश्वर गाउँपालिका–२ का १० जना युवाहरु सहभागि रहेको वडाध्यक्ष राजु कुमार खत्रीले बताउनुभयो ।

युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ड्राइभिङ तालिम सुरु गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो । उहाका अनुसार वडाका बेरोजगार युवालाई लक्षित गर्दै वडा कार्यालयको समन्वय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा गाडी चलाउने एक महिने ड्राइभिङ तालिम सुरु गरेको हो ।