जाजरकोटमा भरुवा बन्दुकसहित एक जना पक्राउ
अनुसन्धानका लागि प्रहरी हिरासतमा
सुर्खेत—जाजरकोटका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । भेरी नगरपालिका ६ भेरे निवासी ५५ वर्षीय रगवीर घर्तीलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
एकनाले भरुवा बन्दुक बोकेर जंगलमा सिकार खेल्न हिँडेका घर्तीलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घर्तीलाई अदालतबाट म्याद थपेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
उनलाई अवैध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाईने थापाले बताए । यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ५ थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो ।







परिवर्तन संवाददाता
९ आश्विन २०७८, शनिबार ०८:३०