Loading... आजः २०८३ बैशाख ५, शनिबार

प्रदेश १ मा गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी

गुरु बराल पराजित

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश एकको अन्य तर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार गुरु बराललाई गोला प्रथामा हराउँदै कांग्रेसका बस्नेत निर्वाचित भएका हुन्।

दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार गोलाप्रथाबाट बिजेता घोषणा गरिएको हो। बराल र बस्नेतले बराबर ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए।