Loading... आजः २०८३ बैशाख ३, बिहीबार

मछिन्द्र लाई पराजित गर्दै एपिएफ आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश

दोस्रो सेमिफाइनल भोलि

काठमाडौं : मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विभागीय टोली एपिएफ फुटबल क्लब आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।

१० खेलाडीमा सिमित मछिन्द्रलाई बुधबार ३–१ अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

मछिन्द्रलाई पराजित गर्ने क्रममा एपिएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले एक÷एक गोल गरे। मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे।

पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ। अब, उपाधिका लागि इपिएफले मनाङ मनाङमर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्ने छ।

प्रतियोगितामा दुवै टोली आफ्ना मुख्य खेलाडीबिना मैदान प्रवेश गरेका थिए। मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, मनिष डाँगी, सुनील बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन्। एपिएफका आशिष लामा बन्द प्रशिक्षणमा छन्। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा खेल भोलि हुनेछ।