ओछ्यानमा आगो सल्किँदा शिशुको मृत्यु, आमा घाईते

रुकुम-(पश्चिम) – चौरजहारी नगरपालिका(६ शान्ति बजारमा आईतवार विहान ओछ्यानमा आगो सल्किएर १९ दिनको शिशु सुनिल रोकाको मृत्यु भएको छ।
बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुई वटै हात पोलिएर घाईते भएकी हुन्। चुल्हो नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) कृष्ण डाँगीले बताए।
‘शिशुको शव पोष्टमार्टमका लागि जाजरकोट जिल्ला अस्पतालमा लगिएको छ।’ प्रहरी निरिक्षक ९इन्स्पेक्टर० कृष्ण डाँगीले भने, हात पोलिएर घाईते भएकी आमालाई स्थानीय मिसन अस्पतालमा उपचारपछि घर जानुभएको छ।’ आमा बाहिर गएको बेला ओछ्यानमा आगो सल्किएको जनाईएको छ।







परिवर्तन संवाददाता
१४ माघ २०७८, शुक्रबार १४:३५