Loading... आजः २०८३ बैशाख ५, शनिबार

सुर्खेतका दुई युवा लागू औषधसहित बाँकेमा पक्राउ

सुर्खेत  – वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका  का दुई युवा लागू औषधसहित बाँकेमा पक्राउ परेका छन।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ घर भएका ४९ वर्षीय बालकृष्ण गिरी र सोही ठाउँका सञ्जय खत्री छन् । उनीहरुलाई बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१६ भन्सार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।

भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडि रहेका गिरीलाई चेकजाँच गर्दा उनले बोकेको जेब्रा झोलामा लुकाएर राखेको लागू औषध कोरेक्स एक सय मि.लि.का २५ ओटा सीसी फेला परेको बाँके प्रहरीले जनाएको छ ।

प्रारम्भीक बयानका क्रममा लागू औषध खत्रीले झोलामा राखीदिएको भनेपछि नेपालगञ्जको न्यूरोडबाट खत्रीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । खत्रीको साथबाट पनि प्रहरीले ३५ ट्याबलेट नाईट्रोजेपाम जस्तो ट्याबलेट फेला पारेको जनाएको छ ।