विश्वभर थप साढे २८ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा विश्वभर थप साढे २८ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अमेरिकाका सबैभन्दा छन्। अमेरिकामा २ लाख ५७ हजार जनाको कोरोना संक्रमण देखिएको हो।
यस्तै, फ्रान्समा २ लाख ४१ हजार, जर्मनीमा २ लाख ३५ हजार, ब्रजिलमा २ लाख १९ हजार, रसियामा १ लाख ६८ हजार, भारतमा १ लाख २५ हजार, टर्कीमा १ लाख ११ हजार, जापानमा १ लाख ३ हजार र इटलीमा १ लाखमा संक्रमण पुष्टि भएको छ।
यस अवधिमा अमेरिकामा २ हजार ४६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ ब्रजिलमा १ हजार ६८, भारतमा १ हजार ५६, रसियामा ६८२, मेक्सिकोमा ६४८, इटलीमा ४३३, फ्रान्समा ३५५, अर्जेन्टिनामा २८७ र बेलायतमा २५४ जनाको मृत्यु भएको छ। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्य ५७ लाख ४२ हजार नाघेको छ।










परिवर्तन संवाददाता
२२ माघ २०७८, शनिबार १९:३९