राजनीतिक वार्ताका लागि केपी ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने
एमसिसी र स्थानीय तहकाे निर्वाचनबारे छलफल
काठमाडौं – सत्ता बहिगर्मनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न एमाले अध्यक्ष ओली ४ बजे बालुवाटार जान लागेको ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले जानकारी दिए।
देउवा र ओलीको भेटवार्ताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ।
ओलीले शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। यसअघि प्रधानमन्त्री देउवा आफैँ एमसिसी, संसदमा भएको अवरोध लगायत विषयमा छलफल गर्न ओली निवास बालकोट पुगेका थिए।








परिवर्तन संवाददाता
२३ माघ २०७८, आईतवार १४:४१