Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म आफू नहतारिने प्रतिपक्ष एमाले काे धारणा

संसद्‍ खुलाउने बटमलाइन सभामुखकाे बहिर्गमन

काठमाडाैं – नेकपा एमालेले एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म आफू नहतारिने जनाएकाे छ।

प्रधानमन्त्रीकाे सरकारी  निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा एमालेले एमसिसीबारे यस्ताे धारणा राखेकाे हाे। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने बताए।

‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ’, उनले भने, ‘सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन।’ यसअघि एमाले सरकारमा हुँदा पटक पटक एमसिसी पारित हुनुपर्ने धारण राख्दै आएको भएपनि सत्ताबाट बाहिरिएपछि भने सत्तापक्षलाई नै दोष थाेपर्दै आएकाे छ।

बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई संसद् खुलाउने बटमलाइन बनाएको थियो। सभामुखको भूमिकाका कारण प्रतिनिधिसभा चल्न नसकेको एमालेको भनाइ थियो। आफूहरुका माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ।