पार्टीले जिम्मेवारी दियो अरुले टिप्पणि गर्नुमा तुक छैन : मन्त्री कार्चेन

सुर्खेत – गैरसांसदबाट मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला मन्त्री छिरिङ डाम्डुल लामा ‘कार्चेन’ ले अनावश्यक टिप्पणिमा कुनै तुक नभएको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका मन्त्री लामाले पार्टीले संवैधानिक व्यवस्थाअनुसार सरकारमा पठाएको उल्लेख गरेका हुन् ।
‘बाहिर के कस्ता विषयमा टिप्पणि भइरहेका छन्, तिनको जवाफ तपाई र मैले अब दिइराख्नु पर्दैन,’ लामाले भने, ‘पार्टीले जिम्मेवारी दिएर मन्त्री बनेको छु, कटिवद्ध भएर कर्णालीको पर्यटन र उद्योगको विकासका लागि सबैलाई समेटर अघि बढ्नेछु ।’







परिवर्तन संवाददाता
२५ माघ २०७८, मंगलवार १३:५४