Loading... आजः २०८३ बैशाख ६, आईतवार

सुर्खेतका कृर्षकलाइ हाते ट्याक्टर बाँडने निर्देशनालयकाे याेजना

सुर्खेत-  सुर्खेतका कृषकहरुले कृषि विकास निर्देशनालयसँग हाते ट्याक्टरको व्यवस्था गरिदिन माग गरेका छन् । गोरुपालन कम हुन थालेपछि परम्परागत हलो जोत्नभन्दा अधुनिक प्रविधिको प्रयोग गर्न सस्तो हुने भएपछि किसानहरु हाते ट्याक्टरमा आकर्षित भएका हुन् ।पञ्चपुरी नगरपालिका–४ बराइचेका कृषक कर्णबहादुर रोकायाले पछिल्लो समयमा गोरु पाल्नेहरु घट्दै जाँदा समस्या बढेको बताए । ‘पहिले खेती गर्नका लागि सबैको घरमा एक हल गोरु पालिन्थ्यो । अहिले भने गोरु पालन गर्ने किसान नै पाइन छाडेको छ,’ उनले भने, ‘अब गोरु पालनको साटो हामीलाई हाते ट्याक्टरको व्यवस्थापन सरकारले गर्न प¥यो । त्यसले गर्दा यहाँको जमिन बाँझो पनि रहदैन । उत्पादनमा पनि वृद्धि हुन्छ ।’ उनले आफ्नो गाउँमा गहुँ, मकै, दल्हन, धान पर्याप्त हुने गरेको बताए ।

उक्त वडामा मात्रै ४५० घर धुरी रहेका छन् । ती सबै घरधुरीमा अधिकांशको घरमा गोरु छैनन् । गोरु नहुँदा किसानले समयमै खेती गर्न नसकेको स्थानीय पम्फा सुनारले बताइन । यसैबीच निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले दलित विपन्न लक्षित वर्ग अर्गानिक प्रर्वद्धन कार्यक्रम अन्तर्गत सांसदहरुले छनौट गरेको गाउँमा हाते ट्याक्टर वितरण गर्ने योजना भएको बताए । यो कार्यक्रमअन्तर्गत प्रति सांसदले दश लाख रुपैयाँबराबरको कार्यक्रम गर्न वडा छानोट गर्न पाउँछन् ।