Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

आमसंचार विधेयक परिमार्जन गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण

सुर्खेत –  कर्णाली  प्रदेश सरकारले संसदमा प्रस्तुत गर्न लागेको कर्णाली सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्नका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पत्रकारहरुले ध्यानाकर्षण गराएका छन् । बुधवार नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारीहरुले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।