९ वर्ष कैद र चार लाख जरिवना ताेकिएका खड्का घण्टाघरबाट पक्राउ
सुर्खेत – अदालतले नाै महिना र चार लाख जरिवना फैसला गरेकाे तर फरार रहेका एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ । सुर्खेत जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा ९ बर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिवाना फैसला गरेपनि फरार रहेका रूद्रबहादुर खड्कालाइ प्रहरीले पक्राउ गरेकाे हाे ।
उनी वीरेन्द्रनगर नगरपालिका-१६ का हुन् । २० वर्षीय खड्कालाइ कर्णाली प्रदेश प्रहरी कार्यालयबाट गएकाे टाेलीले वीरेन्द्रनगरकाे घण्टाघरबाट पक्राउ गरेकाे हाे । अदालतले गएकाे असाेज १३ गते जवरजस्ती करणी मुद्दामा अन्तिम फैसदा गरेकाे थियाे । पक्राउ परेका खड्कालाइ प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएकाे छ ।







परिवर्तन संवाददाता
२७ माघ २०७८, बिहीबार २१:४३