Loading... आजः २०८३ बैशाख ५, शनिबार

एमालेसँग निरन्तर छलफल गर्ने, राष्ट्रिय सराेकारका विषयमा आमसहमति खाेजिने

logo-img

नेपालीमै खोज्नुहोस्…
गृहपृष्ठ
राजनीति
विचार
संवाद
फिचर
प्रदेश
समाज
अर्थ
मनोरञ्जन
विश्व
खेल
गृहपृष्‍ठ
राजनीति
एमालेसँग निरन्तर छलफल गर्ने, राष्ट्रिय सराेकारका विषयमा आमसहमति खाेजिने

थाहा संवाददाता
१ घण्टा अघि

अ अ अ
काठमाडाैं : सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएकाे छ।

सिंहदरबारमा आज दिउँसाे सुरु भएकाे बैठकमा अवरुद्ध सदन सञ्चालन गराउने विषयमा प्रतिपक्षी दल एमालेसँग निरन्तर छलफल गर्ने निर्णय गरेको छ। सभामुख सापकोटाले राष्ट्रिय सराेकारका विषयमा आम सहमति जनाउने पनि बैठकले निर्णय गरेको जानकारी दिए।

बैठकमा संसदमा विचाराधीन नागरिकता विधेयकका विषयमा छलफल भएको पनि सापकाेटाले बताए। संसदमा विचाराधीन विधेयक पारित गर्ने बिषयमा पनि छलफल भएको जानकारी दिए। एमालेले संसद् अवराेध नहटाएसम्म सत्ता गठबन्धनले निरन्तर छलफद्य गर्ने पनि सभामुखले बताए।

बैठकमा एमाले अनुपस्थित रह्याे।

बैठकमा नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी थिए।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। सत्ता गठबन्धनका दलहरूले प्रधानन्यायाशीश राणाविरुद्ध आइतबार महाभियाेग दर्ता गराएका हुन्।