Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

मूर्ति चाेरीमा सजाय भाेगेका लामालाई मन्त्री बनाउने निर्णयविरुद्ध मुद्दा दायर

काठमाडाैं – मूर्ति चाेरेकाे अभियाेगमा अदालतबाट सजायसमेत भाेगिसकेका हुम्लाका छिरिङ्ग डमडुल लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउने निर्णयविरुद्ध अदालतमा मुद्दा दायर भएकाे छ।

फौजदारी अभियोगमा दोषी ठहरिएका लामालाई कर्णाली प्रदेश सरकारले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनाएकाे भन्दै साेमबार उच्च अदालत सुर्खेतमा रिट दायर भएकाे हाे।

मध्यपश्चिम विश्वविद्यालयकी कानुन विद्यार्थी विनिता वोगटीले दर्ता गरेको रिटमामन्त्री पद खारेजीको माग गरिएको छ। नेकपा माओवादी हुम्लाका नेता रहेका नेतालाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो।