दैलेखको महाबुमा जिप दुर्घटना : एकको मृत्यु ६ जना घाइते
दैलेख – दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
दैलेख सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंलगबार साँझ करिब साढे ६ बजेतिर दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेका बताए।
घाइते अन्य ६ जनाको उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।







परिवर्तन संवाददाता
४ फाल्गुन २०७८, बुधबार १०:४५