Loading... आजः २०८३ बैशाख ५, शनिबार

अमेरिकामा अफगान दूतावासमाथि प्रतिबन्धात्मक व्यवस्था, ६ महिनामा तीन राजदूत फेरिए

एजेन्सी – अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पदबाट राजीनामा दिईउकी छन ।

अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको भन्दैउनले राजीनामा दिइएकि हुन ।पछिल्लो छ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएकामध्ये उनि तेस्रो हुन ।

वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनैपनि राजनीतिक तथा कूटनीतिक गतिविधि गर्न नपाउने व्यवस्था अमेरिकाले गरेपछि उहाँले जिम्मेवारी त्यागेकि हुन ।

अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्यवाहक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिए

‘अफगानिस्तानको दूतावासलाई अमेरिकी विदेश मन्त्रालयले पठाएको पत्रमा राजदूतलाई घरबाट मात्रै काम गर्न र बाहिर निस्केर राजनीतिक तथा कूटनीतिक गतिविधि नगर्न भनिएको छ,’ उनले भनिन

पत्रमा दूतावासका अन्य कर्मचारीहरूलाई पनि बाहिर निस्किएर कुनै गतिविधि गर्न निषेध गरिएको दूतावासका अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी सरकारको व्यवहारले दूतावासको जिम्मेवारी लिएर केही गर्न नसकिने भएकाले आफू त्यहाँ बसिरहनुको कुनै औचित्य नभएको राजदूत राजको भनाइ छ ।