महालक्ष्मी विकास बैंक द्वारा विद्यार्थीलाई झोला वितरण
सुर्खेत – बराहताल गाउँपालिका वडा नम्बर २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेड सुर्खेत शाखाले आइतबार उक्त विद्यालयका ७५ जना विद्यार्थीलाई झोला वितरण गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रम अन्तर्गत झोला वितरण गरेको सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले बताए ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, वि.व्य.स. का पदाधिकारी लगाएतको उपस्थितिमा झोला वितरण गरिएको उनले जानकारी दिए ।
कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहज हुने प्रबन्धक बयलकोटी विश्वास छ ।







परिवर्तन संवाददाता
८ फाल्गुन २०७८, आईतवार २०:२७