Loading... आजः २०८१ जेष्ठ ६, आईतवार

१२ घण्टापछि प्रहरीले खुलायो रत्न राजमार्ग

सुर्खेत – सडक दुर्घटनामा गम्भीर घाइते भएका वडाध्यक्षको उपचारको क्रममा मृत्यु भएपछि अवरुद्ध गरिएको रत्न राजमार्ग १२ घण्टापछि प्रहरीले खुलाएको छ । भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा आज विहान मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका थिए ।

दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराउँदा राजमार्गमा विहानैदेखी सवारी रोकिदा यात्रुहरुको विचल्ली भएको थियो । प्रहरीले लामो समयदेखी रोकिएका सवारीहरुलाई बल प्रयोग गरेर खुलाउने प्रयास गरेपनि सफल नभएपछि पुनः ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि सवारी आवागमन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।