Loading... आजः २०८२ जेष्ठ ७, मंगलवार

दैलेख आगलागि ; करोडौंको क्षति

दैलेख -दैलेखको नयाँबजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।

आगलागीले एक करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहलले बताए ।

ग्यारेजबाट सल्किएको आगोले अन्य दुई पसलमा पनि नोक्सानी पुर्‍याएको उनको भनाइ छ । मोटर पार्ट्स मर्मत गर्दागर्दै सल्किएको आगोले दमकल कुर्दाकुर्दै तीनवटै पसल जलेर नष्ट भएको स्थानीय मनोज थापाले बताए । दिउँसो दुई बजे लागेको आगो तीन बजेतिर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा निभाइएको थियो ।