देशभरकाे माैसममा आज आंशिक बदली र सफा हुने

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा भने मौसम सामान्यता सफा रहनेछ। राती भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ ।
बाँकी भू-भागमा भने मौसम सामान्यता सफा हुने महाशाखाले जनाएको छ ।







परिवर्तन संवाददाता
२१ फाल्गुन २०७८, शनिबार ०८:१४