Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

सल्यानमा हराएका युवक ३ दिनपछि मृत भेटिए

 

सल्यानमा बुधबार हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । कपुरकोट गाउँपालिका-२ भकमका ६४ वर्षीय मेवालाल नेपाली शनिबार विहान नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

मृतक नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै जङ्गलतिर निस्किएका थिए । तर बेलुकीसम्म घर नआएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।