मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं : एएफसी एसियन कप छनोट खेलको तयारीमा रहेको नेपालले आगामी महिना थाइल्यान्डमा हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजानिक गरेको छ।
प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अब अभ्यास गराउने छन्।
नेपालले आगामी चैत १० गते थाइल्यान्डको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। त्यस्तै नेपाली टोलीले चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। २५ सदस्यीय टोलीमा कप्तान किरण चेम्जोङसहित तीन गोलरक्षक टिकेन्द्र थापा र दीप कार्कीलाई समेटिएको छ।
यसअघि नेपालले माघ १५ र १८ मा अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेलमा नेपालले १-० को जित निकालेको थियो।
यस्तो छ २५ सदस्यीय टोली
किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ










परिवर्तन संवाददाता
२५ फाल्गुन २०७८, बुधबार १८:००