Loading... आजः २०८३ बैशाख ३, बिहीबार

प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं –  प्रतिनिधिसभाको बैठक बस्दै छ।  दशौँ अधिवेशनको ११औँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको संसद सचिवालयले जनाएको छ।

सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ।

प्रमुख प्रतिपक्ष एमालेले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ। पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ। सभामुखले भने अवरोधकै बीच बैठकका काम(कारबाही अघि बढाउँदै आएका छन्।