कोरोना अपडेट : देशभरमा ६५ जनामा संक्रमण
काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ६५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ७ हजार ९४७ जनामा गरिएको परीक्षणमा आज ६५ जना संक्रमित भेटिएका हुन्।

आज १ सय ९२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। त्यस्तै, आज कोरोनाबाट मुत्यु हुनेको संख्या शून्य रहेको छ। यस्तै, आज उपत्यकामा २७ जना संक्रमित भेटिएका छन्।
मन्त्रालयको विवरणअनुसार यो हप्ता देशभरको संक्रमणदर १ दशमलव ६ प्रतिशत रहेको छ। आजको संक्रमणदर ० दशमलव ९ रहेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमित ४ हजार ९१७ जना रहेका छन्।







परिवर्तन संवाददाता
२९ फाल्गुन २०७८, आईतवार १७:१३