आज तराईमा होली

काठमाडौं –रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो।
तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।
असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ।







परिवर्तन संवाददाता
४ चैत्र २०७८, शुक्रबार ०७:३१