सलमान खानलाई सगरमाथाको हवाइ सफर गराउने मन्त्री आलेको अफर
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो संवाद भएको छ।
ओडिसी इन्टरटेन्मेन्टले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रमका लागि काठमाडौं आउने तयारीमा रहेका सलमानसँग बुधबार मन्त्री आलेले भिडियो संवाद गरेका हुन्।
भिडियो कलमार्फत बैशाख ३ गते आयोजना हुने कार्यक्रमको लागि सलमानलाई औपचारिक रुपमा निमन्त्रणा दिइएको छ। मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तो दिँदै समय अनुकुल भए सगरमाथाको हवाइ सफर गराउने प्रस्ताव पनि राखेका छन्। जसमा सलमान सकारात्मक देखिएका छन्।
कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, मनिष पौल, प्रभु देवालगायतका कलाकार नेपाल आउने जनाइएको छ।
ओडिसीकै आयोजनामा चार वर्षअघि दबंग रिलोडेड कार्यक्रम हुने भनिएको थियो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यक्रममा अवरोध गर्ने धम्की दिएपछि उक्त कार्यक्रम आयोजना हुन सकेको थिएन। सोही सम्झौताअनुसार सलमानलाई फेरि नेपाल ल्याउन लागिएको हो।







परिवर्तन संवाददाता
९ चैत्र २०७८, बुधबार १७:२४