Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

 वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले वडाध्यक्ष गजबहादुर रावत, गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध ८ लाख रूपैयाँको मागदाबीसहित मुद्दा दायर गरेको हो।

उनीहरूले मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकम नक्कली बिल भर्पाइ बनाएर ८ लाख रूपैयाँ हिनामिना गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। आयोगले उनीहरूविरुद्ध आज (बिहीबार) विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।