टी–२० मेयर कप : राजविराज र जनकपुर फाइनलमा

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेका छन्।
विराटनगर–१९ को झापा वैजनाथपुरस्थित खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले वीरगञ्ज महानगरपालिलाई पराजित गरेका हुन्।
पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको स्कोर खडा गरेको थियो। राजविराजका लागि अमित यादवले २७ रन बनाउँदा विकास दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरि २४ रनमा अविजित रहे। रोहन विकले २० रन बनाए।
विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले १/१ विकेट लिए।










परिवर्तन संवाददाता
२५ चैत्र २०७८, शुक्रबार १९:२८