प्रिमियर लिग : चेल्सी र बर्नली विजयी
स्ट्यामफोर्ड स्टेडियममा आज बेलुकी भएको खेलमा चेल्सीले वेष्ट ह्यामलाई १–० ले पराजित गरेको हो। चेल्सीको जितमा खेलको ९० औँ मिनेटमा क्रिश्चियन पुलिसिकले निर्णायक गोल गरे।
आज बेलुकी नै भएको अर्को खेलमा बर्नलीले वुल्भ्समाथि १–० को जित निकालेको छ। बर्नलीको गृहमैदान टर्फमुर रंगाशालामा भएको खेलमा मतेज भ्यार्दाको गोलमा बर्नलीले जित निकालेको हो।
आजै भएको ब्राइटन र साउथ ह्याम्टनबीचको खेल बराबरीमा टुङिएको छ। ब्राइटनले खेलको दोस्रो मिनेटमै ड्यानी वेलब्याकको गोलबाट अग्रता बनायो। ४४ औँ मिनेटमा मुहम्मद सलेसुले अर्को गोल थप्दै खेल २–० मा पुर्याए।
तर खेलको पहिलो हाफको थपिएको ५ औँ मिनेटमा साउथ ह्याम्टनका जेम्स वार्डले गोल फर्काएपछि खेल २–१ को स्थितिमा पुग्यो। खेलको ५४ औँ मिनेटमा जेम्सले ब्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो। निर्धारित समयमा दुवै टोलीले कुनै गोल थप्न नसकेपछि खेल २–२ को बराबरीमा टुङ्गियो।











परिवर्तन संवाददाता
१२ बैशाख २०७९, सोमबार ०९:३७