प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, तपाईंहरूले चिन्नुभएकै छैन : देउवा

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरेका छन्।
भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन आवश्यक छ। अहिलेको परिस्थितिमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन। तपाईंहरूले चिन्नुभएको छैन। उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो। सबैलाई थाहा छ नि। रेनुजीको कत्रो विरोध भयो। अन्त नहुने यहाँ मात्रै किन?’
उनले भरतपुर महानगरमा रेनु जस्तो काम गर्ने मान्छे नभए को हुन्छ? भनेर प्रश्न गरे। उनले हाल गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको समेत बताए। गठबन्धन टुट्यो भने कांग्रेस खतम हुने बताए।
देउवाले भने, ‘हाम्रो साथीहरूले पनि पालो पाइहाल्नुहुन्छ नि। पहिला राम्रो काम गर्नुस् न। यस्तो राम्रो काम गर्ने मान्छेलाई समर्थन नगर्दा जनताले के भन्लान्। राम्रो काम गर्नेको विरोध गर्न मिल्दैन। यहाँको साथीहरूले त्यो बुझ्नुपर्यो नि।’
गठबन्धनबाट उम्मेदवार बनेकी रेनुले भरतपुर महानगरमा चुनावी जितिसकेको उल्लेख गर्दै सभापति देउवाले उनलाई भोट दिन कांग्रेसले कुनै बखेडा गर्नुपर्ने कारण नभएको बताए।







परिवर्तन संवाददाता
२३ बैशाख २०७९, शुक्रबार ०८:०५