कर्णाली प्रदेशका ७९ पालिका मध्ये ६० वटाको नतिजा सार्वजनिक , नेपाली कांग्रेस पहिलो माओवादी केन्द्र दोस्रो र एमालेले तेस्राे स्थानमा
कर्णाली – प्रदेशका ७९ ओटा पालिका मध्ये ६० वटाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये कर्णालीका तीन वटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो । १९ वटा पालिकाको मतगणना कार्य जारीछ । ६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा (एकीकृत समाजवादी) ले ३ पालिका जितेको छ । प्रदेशका ३ वटा पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।
जस अन्र्तगत नेपालि कांग्रेसल खार्पुनाथ गाउँपालिका हुम्लामा कर्णबहादुर रावल, सल्यानको कुमाख गाउँपालिकाको प्रमुखमा मानबहादुर बुढाथोकी, त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत, भैरवी गाउँपालिका ( दैलेख)– रिताकुमारी शाही, कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य ,महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ ,ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वर्णबहादुर बुढा, हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही , तिलागुफा नगरपालिका(कालिकोट)– शंकरप्रसाद उपाध्याय , मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा ,सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी ,ठाटीकाँध गाउँपालिका(दैलेख)– रक्षबहादुर शाह,कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत ,बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) – जनककुमार बाँठामगर ,चामुण्डा विन्द्रासैनी नगरपालिका(दैलेख) – गणेशकुमार शाही , शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी ,शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही ,पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा,छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम , पञ्चपुरी नगरपालिका (सुर्खेत) – लालविर भण्डारी , बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी ,लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल , नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट , गुर्भाकोट नगरपालिका सुर्खेतको प्रमुखमा हस्त पुन ,छेडागाड नगरपालिका (जाजारकोटमा रत्नबहादुर खड्का सहित नेपाली कांग्रेस २५ पालिकाको नेतृत्व गर्दै पहिलो स्थानमा छ ।
नेकपा माओवादि केन्द्रको तर्फ बाट डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष पदमा नारासिङ रोकाय र मुड्केचुला गाउँपालिकामा दत्तबहादुर शाही ,नौमुले गाउँपालिका दैलेखमा छविराम सुवेदी हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्षमा लालकेश जैसी, सानीभेरी गाउँपालिका(रुकुम पश्चिम)– बिर्खबहादुर विष्ट ,नाम्खा गाउँपालिका(हुम्ला) प्रेमबहादुर लामा ,पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया ,भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा , शुभकालिका गाउँपालिका(कालिकोट)– गोविन्दप्रसाद आचार्य , सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी ,सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल , नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत, बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी , त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी , महाबै गाउँपालिका (कालीकोट) – खेमबहादुर सिंह ,चौरजहारी नगरपालिका (रुकुम पश्चिम) – पुष्प बादी ,आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) – रबि के.सी. ,दार्मा गाउँपालिका (सल्यान) –निम बहादुर केसी सहित दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ ।
नेकपा एएमालेको तर्फबाट डोल्पाको शेफोक्सुण्डो गाउँपालिका धावा सम्डुङ गुरुङ(निर्विरोध) , गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी, डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी , नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा ,जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही , चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी ,भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती , त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) – जुनचन्द्र रोकाय ,कालिमाटी गाउँपालिका (सल्यान) – दानबहादुर केसी ,छत्रेश्वरी गाउँपालिका (सल्यान) – ओज बहादुर बुढाथोकी र दैलेखको आठविस नगरपालिका मा निर्वाचित हुने तर्क बहादुर बडुवाल सहित नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टि बाट डोल्पा जिल्लाको काइके गाउँपालिकामा अंगतकुमार राना र डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा सेनाङ गुरूङ (निर्विरोध) र निर्वाचित कपुरकोट गाउँपालिका(सल्यान)– दुर्गा पुन सहित नेकपा (एकीकृत समाजवादी) ले ३ पालिका जितेको छ
खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही कालिकोटकै सान्नी त्रिवेणी गाउँपालिका मोहनबहादुर केसी र चन्दननाथ नगरपालिका (जुम्ला) – राजुसिंह कठायत सहित प्रदेशका ३ वटा पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरु विजयि भएका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।







परिवर्तन संवाददाता
४ जेष्ठ २०७९, बुधबार १९:५२